Kathmandu Press

सेनानी लामाको नेतृत्वमा नेपाली शान्ति टोली लिबियातर्फ

सेनानी लामाको नेतृत्वमा नेपाली शान्ति टोली लिबियातर्फ
Hardik ivf

काठमाडाैं, चैत ६ : संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि लिबियामा तैनाथ हुन सेनानी गेलाङ लामाको नेतृत्वमा ८९ नेपाली शान्ति सैनिक टोली त्यसतर्फ प्रस्थान गरेको छ।

स्पेशल गार्ड युनिट शान्ति सेनाका लागि खटिएको चौथो डफ्फा नेपाल एयरलायन्सको जहाजमार्फत गए राति मिसन इलाकातर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। सेनाले विभिन्न संयुक्त राष्ट्रसङ्घीय मिसनमा सहभागी भई द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापना कार्यमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

प्रकाशित मिति: १९:०६ बजे, आइतबार, चैत ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्