डा. भट्टराई र थापा दुवैले गरे ज्ञानेन्द्रमाथि आक्रमणको विरोध
काठमाडौं, असोज १२ : समाजवादी पार्टीका संघीय अध्यक्ष पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र राप्रपा अध्यक्ष कमल थापा दुवैले ‘नेपालका ....

काठमाडौं, असोज १२ : समाजवादी पार्टीका संघीय अध्यक्ष पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र राप्रपा अध्यक्ष कमल थापा दुवैले ‘नेपालका लागि नेपाली’ अभियन्ता ज्ञानेन्द शाहीमाथि चितवनमा भएको आक्रमणको विरोध गरेका छन्।
सामाजिक सञ्जालमा प्रायः एकअर्कालाई व्यंग्य गरिराख्ने पूर्वसहपाठी दुवै शीर्ष नेताले यसपटक भने आक्रमणको विरोध गरेका हुन्। यसपटक भने दुवैले ट्वीट गर्दै विरोध जनाए। डा. भट्टराईले आइतबार ट्वीट गर्दै प्रश्न गरेका छन्, ‘के हाम्रा कमरेडहरू सामाजिक फासिवादतिर उन्मुख भएकै हुन्?’
आक्रमणको विरोध जनाउँदै डा. भट्टराईले लेखे, ‘हिजो मण्डलेले लोकतन्त्रवादीलाई पिटे भनेर आज लोकतन्त्रवादीले भिन्न मत राख्नेलाई पिट्न मिल्दैन। लोकतन्त्रमा प्रतिगामीलाई पनि विधिसम्मत ढंगले नियन्त्रण वा दण्डित गर्नुपर्छ। निरंकुशता/फासिवाद र लोकतन्त्रबीचको मुख्य अन्तर यही हो।’
हिजो मण्डलेले लोकतन्त्रवादीलाई पिटे भनेर आज लोकतन्त्रवादीले भिन्न मत राख्नेलाई पिट्न मिल्दैन! लोकतन्त्रमा प्रतिगामीलाई पनि विधिसम्मत ढंगले नियन्त्रण वा दण्डित गर्नुपर्छ! निरंकुशता/फासिवाद र लोकतन्त्र बीचको मुख्य अन्तर यही हो!के हाम्रा कमरेडहरू सामाजिक फासिवादतिर उन्मुख भएकै हुन्?
— Baburam Bhattarai (@brb1954) September 29, 2019
राप्रपा अध्यक्ष थापाले भनेका छन्, ‘भ्रष्टाचारविरुद्धका अभियन्ता ज्ञानेन्द्र शाहीमाथि चितवनमा भएको सांघातिक आक्रमणको भत्र्सना गर्दछु। यो आक्रमण प्रजातान्त्रिक अधिकारविरुद्ध प्रहार हो। कानूनी राजको उपहास हो। दोषीहरूलाई अविलम्ब कानूनी कारवाही गरियोस्।’
भ्रष्टाचार बिरुद्धका अभियन्ता ज्ञानेन्द्र शाही माथि चितवनमा भएको सांघातिक आक्रमणको भत्सर्ना गर्दछु।यो आक्रमण प्रजातांत्रिक अधिकार बिरुद्ध प्रहार हो।कानुनी राज्यको उपहास हो।दोषीहरुलाई अविलम्ब कानुन कारवाही गरियोस्
— Kamal Thapa (@KTnepal) September 28, 2019











