मेयरविरुद्ध भ्रष्टाचारद्वारा विषेश अदालतमा मुद्दा दायर
काठमाडाैं, चैत ६ : रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्रप्रसाद पटेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि पाँच लाख रूपैयाँ...
काठमाडाैं, चैत ६ : रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्रप्रसाद पटेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि पाँच लाख रूपैयाँ घुस लिएकाे दावी गर्दै मुद्दा दर्ता गरेकाे हाे।
उनले उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी दिने क्रममा घुस लिएको बताइएकाे छ।
अख्तियारको टोलीले फागुन १५ मा मेयर धर्मेन्द्रप्रसाद पटेल र उनका सहयोगी अशोकप्रसाद पटेललाई दुई लाख रुपैयाँ नगद र दुई लाख रुपैयाँको चेकसहित पक्राउ गरेको थियो।
अनुसन्धानको क्रममा मेयर र उनका सहयोगीको मिलेमतोमा घुस लिएको पाइएको भन्दै अख्तियारले विषेश अदालतमा मुद्दा दायर गरेकाे हाे।
प्रकाशित मिति: १८:३९ बजे, आइतबार, चैत ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











