डा शर्मा भारतकाे राजदूत नियुक्त
काठमाडाैं, चैत ६ : राष्ट्रपति विद्यादेवी भण्डारीले डा शङ्करप्रसाद शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेका छन।नेपालको संविधानको धारा २८२ अनुसार...
काठमाडाैं, चैत ६ : राष्ट्रपति विद्यादेवी भण्डारीले डा शङ्करप्रसाद शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेका छन।
नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले डा शर्मालाई उक्त पदमा आज नियुक्त गरेका हुन। मन्त्रिपरिषद्को गत मङ्सिर १० गतेको बैठकले उनलाई भारतका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो। यसअघि उनी संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत थिए।
प्रकाशित मिति: १८:२९ बजे, आइतबार, चैत ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












