Kathmandu Press

जनताका मनबाट हामी बाहिरिएका छैनौँ : पोखरेल

काठमाडौंं, चैत ६ ः नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले सरकारबाट बाहिरिए पनि जनताको मनमै रहेको बताएका छन्।एमाले कर्णाली प्रदेश कमिटीद्वारा...
जनताका मनबाट हामी बाहिरिएका छैनौँ : पोखरेल
Hardik ivf

काठमाडौंं, चैत ६ ः नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले सरकारबाट बाहिरिए पनि जनताको मनमै रहेको बताएका छन्।

एमाले कर्णाली प्रदेश कमिटीद्वारा आज सुर्खेतमा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमाले जनतासँगै रहेकाले आगामी निर्वाचनमा पहिलो भएर सरकारमा पुग्ने बताए। 

‘एमाले सरकारबाट मात्रै बाहिरिएको हो, जनताको मनबाट बाहिरिएको छैन्,’ पोखरेलले भने, ‘आम जनताको मन–मनमा एमाले छ । आगामी निर्वाचनमा अझै शक्तिशाली भएर आउनेछौँ ।’ एमाले कर्णाली प्रदेश इञ्चार्ज एवं स्थायी कमिटी सदस्य यामलाल कँडेलले धेरै दलबाट मुलुकले स्थायित्व नपाउने भन्दै दुई दलीय व्यवस्था आवश्यक रहेको जिकिर गरे। 

प्रकाशित मिति: १८:१८ बजे, आइतबार, चैत ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्