कांग्रेस बाग्मती प्रदेश समितिमा १६ जना मनोनीत
काठमाडौं, चैत ६ : नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिमा १६ जना मनोनीत भएका छन् । पार्टीको विधान १३ ९६० अनुसार प्रदेश कार्यसमितिका सभापति इन्द्रबहादुर...
काठमाडौं, चैत ६ : नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिमा १६ जना मनोनीत भएका छन् । पार्टीको विधान १३ ९६० अनुसार प्रदेश कार्यसमितिका सभापति इन्द्रबहादुर बाँनियाले उनीहरुलाई आज मनोनयन गरेका हुन्।
सिन्धुपाल्चोकका निमा लामा, भक्तपुरका कृष्णलाल भँडेल, मकवानपुरका सन्तबहादुर प्रजा, रसुवाका प्रभात तामाङ तथा नुवाकोटबाट अर्जुन न्यौपाने र कल्पना नेपालीलाई मनोनय गरिएको छ ।
यसैगरी धादिङबाट तीलकप्रसाद रुवाली, काठमाडौँका छिरिङदोर्जे लामा, राजु खरेल, गौरी दवाडी, हरिहर अधिकारी र भगवतीकुमारी खड्कालाई सभापति बानियाँले कार्यसमितिमा मनोनयन गरेको पार्टी प्रदेश कार्यालयले जनाएको छ ।
सभापतिबाट मनोनय हुनेमा ललितपुरका रमेशकुमार वखती र राजेश महर्जन तथा दोलखाका प्रभुराम श्रेष्ठ छन्।
प्रकाशित मिति: १८:१२ बजे, आइतबार, चैत ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












