Kathmandu Press

राष्ट्र र जनतालाई केन्द्रमा राखेर वैदेशिक सहायता स्वीकार गरिने

काठमाडौं, चैत ६ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाल र नेपालीको हितका खातिर जुनसुकै मुलुकले प्रदान गर्ने सहयोग स्वीकार गरिने बताएका छन्। नेपाली कांग्रेस...
राष्ट्र र जनतालाई केन्द्रमा राखेर वैदेशिक सहायता स्वीकार गरिने

काठमाडौं, चैत ६ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाल र नेपालीको हितका खातिर जुनसुकै मुलुकले प्रदान गर्ने सहयोग स्वीकार गरिने बताएका छन्। 

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ ले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा उनले  राष्ट्र र जनताको हित विपरीतका सहयोग आफ्नो पार्टीले सधैँ अस्वीकार गर्ने स्पष्ट पारे। ‘राष्ट्र र जनतालाई केन्द्रमा राखेर वैदेशिक सहायता स्वीकार गर्नुपर्छ,’ उनले भने। 

मुलुक र जनतालाई नै केन्द्रमा राखेर आफू राजनीतिमा होमिएको उल्लेख गर्दै उनले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बारे फैलाइएको नकारात्मक भ्रम चिर्न पार्टीका कार्यकर्ता लाग्नुपर्नेमा जोड दिए। 

‘घर–घर जाउँ, कांग्रेस जिताऊँ’ अभियानलाई व्यापक बनाउनुपर्ने तथा पार्टीलाई सबै स्थानमा विजयी गराउन नेतृत्व पङ्क्तिका साथै तल्लो तहका कार्यकर्ता पनि उत्साहका साथ लाग्नुपर्ने नेता सिंहले बताए । आसन्न निर्वाचनमा उम्मेदवारको अभिलाषा लिएकालाई वैधानिक बाटोबाट अघि बढ्न उनले सुझाव दिए। 

प्रकाशित मिति: १८:१० बजे, आइतबार, चैत ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्