Kathmandu Press

संसदीय चुनावबाट राप्रपा नेपाललाई राष्ट्रिय पार्टी बनाउने थापाकाे दाबी

काठमाडाैं, चैत ६ : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)  का अध्यक्ष कमल थापाले आगामी संसदीय चुनावबाट पार्टीलाई राष्ट्रिय पार्टी बनाउने दाबी गरेका...
संसदीय चुनावबाट राप्रपा नेपाललाई राष्ट्रिय पार्टी बनाउने थापाकाे दाबी

काठमाडाैं, चैत ६ : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)  का अध्यक्ष कमल थापाले आगामी संसदीय चुनावबाट पार्टीलाई राष्ट्रिय पार्टी बनाउने दाबी गरेका छन्।

आइतबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष थापाले अहिले पार्टी कमजोर देखिए पनि आगामी दिनमा बलियो हुने र संसदीय चुनावबाट पार्टीलाई राष्ट्रिय पार्टी बनाउने दाबी गरेका हुन्।

उनले संघीय चूनावपछि राप्रपाले कांग्रेस एमालेलाई चूनौति दिने गरि अघि बढ्ने बताए। अहिले सामाजिक सञ्जालमा आफूलाई गाली गर्नेहरुको भिड लागेको बताउँदे उनले आगामी दिनमा उनीहरु राप्रपा नेपालमा नै आउने दाबी गरे।

उनले राप्रपा नेपालले सर्वधर्म पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्रको पुर्नस्थापना, सुशासन र समृद्धिको मुख्य एजेडा लिएर चुनावमा जाने जानकारी दिए। उनले दलहरु एमसीसीका नाममा राष्ट्रियतालाई कमजारे बनाएकाले राप्रपा नेपालले राष्ट्रियताको पक्षमा आवाज उठाउने उल्लेख गरे।

कार्यक्रममा विभिन्न दलका कार्यकर्तालाई अध्यक्ष थापाले राप्रपा नेपाल प्रवेश गराएका थिए। 

प्रकाशित मिति: १७:४१ बजे, आइतबार, चैत ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्