निर्वाचन आयोगलाई ओलीको प्रश्न– सूर्य हरियो हुन्छ ?
काठमाडौंं, चैत ६ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतपत्रको रङको बारेमा निर्वाचन आयोगले दलहरुसँग छलफल नगरेको आरोप लगाएका छन्। इलामको फिक्कलमा आयोजित सभालाई...
काठमाडौंं, चैत ६ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतपत्रको रङको बारेमा निर्वाचन आयोगले दलहरुसँग छलफल नगरेको आरोप लगाएका छन्।
इलामको फिक्कलमा आयोजित सभालाई सम्बोधन गर्दै निर्वाचन आयोगले नियोजित रुपमा मतपत्रको रङ कांग्रेसको चुनाव चिन्हसँग मिलाइदिएको बताएका हुन्। ‘रुखसँग रंग मिलाइदिएर चुनाव चिन्ह दिने? कांग्रेसको रुख हरियो पार्न हरियो रंग चाहियो ?’ उनले प्रश्न गरे,‘ दलहरूसँग किन परामर्श गरिएन सूर्य हरियो हुन्छ कहीँ ?’
ओलीले मनोनयन दर्ताको समय दुई दिन राखेकोमा पनि विरोध जनाएका छन्। ‘मनोनयन दर्ताका लागि किन दुई दिन चाहियो,’ उनले भने (गठबन्धनमा) खटपटक परेर कुरा नमिल्न सक्छ, भोलिपल्ट मिल्न सक्छ भनेर हो ।’
निर्वाचन आयोगले गठबन्धनको काम गरेको ओलीको आरोप छ ।
प्रकाशित मिति: १७:३९ बजे, आइतबार, चैत ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











