क्रिप्टोकरेन्सीसम्बन्धी अनुसन्धानमा तानिइन् प्रियंका, सिआइबीले सोधपुछ गर्दै
काठमाडौं, चैत ६ : नायिका प्रियंका कार्की क्रिप्टोकरेन्सी सम्बन्धी अनुसन्धानमा तानिएकी छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) ले कार्कीलाई आइतबार सोधपुछका लागि बोलाएको हो। सिआइबीका प्रवक्ता...
काठमाडौं, चैत ६ : नायिका प्रियंका कार्की क्रिप्टोकरेन्सी सम्बन्धी अनुसन्धानमा तानिएकी छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) ले कार्कीलाई आइतबार सोधपुछका लागि बोलाएको हो।
सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक(एसपी) श्याम कुमार महतोले नायिका कार्की सिआइबी कार्यालय पुगेको पुष्टि गरेका छन्। ‘उहाँ हाम्रो कार्यालयमा आउनुभएको छ, सोधपुछ भइरहेको छ,’ एसपी महतोले काठमाडौं प्रेससँग भने।
एसपी महतोले राज्यले प्रतिबन्ध लगाएको काममा संलग्नता देखिएकाले बोलाएर सोधपुछ गरिएको बताए। ‘क्रिप्टोकरेन्सीको कारोबार र त्यसको विज्ञापन गर्नु नेपालको कानुनविपरितका काम हो, उहाँको सामाजिक सञ्जालमार्फत त्यस्ता कुराहरुको प्रचार भएको देखियो त्यसकारण उहाँलाई सोधपुछका लागि बोलाइएको हो,’ उनले भने।
बाँकी कुरा सोधपुछ र अनुसन्धानपछि पत्ता लाग्ने एसपी महतोले जानकारी दिए।
प्रकाशित मिति: १६:४१ बजे, आइतबार, चैत ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











