माओवादीकाे कारबाहीमा परेका विष्ट एमालेमा प्रवेश
काठमाडौं, चैत ६ : माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकबाट निलम्बित भएका ठम्मरबहादुर विष्ट एमालेमा प्रवेश गरेका छन्।वीरेन्द्रनगरमा आज (आइतबार) आयोजित एक...
काठमाडौं, चैत ६ : माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकबाट निलम्बित भएका ठम्मरबहादुर विष्ट एमालेमा प्रवेश गरेका छन्।
वीरेन्द्रनगरमा आज (आइतबार) आयोजित एक कार्यक्रमबीच उनी एमालेमा प्रवेश गराएका छन्। उनलाई एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीमा स्वागत गरेका थिए।
विष्टसँगै जिल्ला कमिटीका सदस्यलगायत अन्य केही पनि माओवादी कार्यकर्ता एमालेमा प्रवेश गरेका छन्।
माओवादी केन्द्रले एमसिसी पास गर्न सहयोग गरेको भन्दै विष्टले फागुन २७ गते कर्णाली प्रदेशसभा सदस्य र पार्टीबाटै राजीनामा दिएको घोषणा गरेका थिए।
उनलाई चैत ३ गते बसेको प्रदेशसभा दलको बैठकले राजीनामा फिर्ता लिएर नियमित काममा क्रियाशील हुन निर्देशन दिएको थियो तर पार्टीको निर्देशन अवज्ञा गरेका कारण उनलाई आइतबार प्रदेश सभा सदस्य पदबाट निलम्बन गरिएको हो।
प्रकाशित मिति: १६:४१ बजे, आइतबार, चैत ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











