Kathmandu Press

थप ३७ जनामा कोरोना संक्रमण, निकाे हुने ३८३ जना

काठमाडाैं, चैत ६ : नेपालमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको २ हजार ७ सय ९८ पिसिआर परिक्षणका क्रममा २८...
थप ३७ जनामा कोरोना संक्रमण, निकाे हुने ३८३ जना
Hardik ivf

काठमाडाैं, चैत ६ : नेपालमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको २ हजार ७ सय ९८ पिसिआर परिक्षणका क्रममा २८ जना र १ हजार २ सय ६३ एन्टीजेन परीक्षणका क्रममा नाैजनामा कोरोना पुष्टि भएको छ।

आइतबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै थप ३ सय ८३ संक्रमित कोरोनामुक्त भएका छन्। हाल नेपालमा ३ हजार २ सय ४१ सक्रिय संक्रमित आइसाेलेसनमा रहेका छन्।

प्रकाशित मिति: १६:३० बजे, आइतबार, चैत ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्