एआइजी बढुवा सिफारिसप्रति असन्तुष्ट डिआइजीले दिए उजुरी
काठमाडौं, चैत ६ : आफूभन्दा जुनियरलाई एआइजी बढुवामा सिफारिस गरिएको भन्दै केही डिआइजीहरुले लोक सेवा आयोगमा उजुरी दिएका छन्। गृह मन्त्रालयको बढुवा सिफारिस समितिले १...
काठमाडौं, चैत ६ : आफूभन्दा जुनियरलाई एआइजी बढुवामा सिफारिस गरिएको भन्दै केही डिआइजीहरुले लोक सेवा आयोगमा उजुरी दिएका छन्।
गृह मन्त्रालयको बढुवा सिफारिस समितिले १ चैतमा डीआईजीहरु बसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा सिफारिस गरेको थियो।
हालका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याचमेट रहेका इश्वरबाबु कार्की र घनश्याम अर्याललगायतका डिआइजीहरुले बढुवा सिफारिसमा पुनरावलोकनको माग गर्दै उजुरी दिएका हुन्। उनीसहित अन्य डिआइजीहरु पनि उजुरी दिने तयारीमा रहेका बताइएको छ।
तर हालका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याची डीआईजीहरुले वरिष्ठता र कार्यक्षमताका आधारमा बढुवा सिफारिस नगरेको भन्दै लोकसेवा आयोगमा उजुरी दिएका हुन्।
प्रकाशित मिति: १५:२८ बजे, आइतबार, चैत ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











