Kathmandu Press

नेविसंघकाे तदर्थ समिति गठन गर्न माग गर्दै सानेपामा प्रदर्शन

नेविसंघकाे तदर्थ समिति गठन गर्न माग गर्दै सानेपामा प्रदर्शन

काठमाडौं, चैत ६ : कांग्रेसको भ्रातृ संगठन नेविसंघले तदर्थ समिति गठन गर्न माग गर्दै कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेका छन्।

सबै उमेर समूहका विद्यार्थीको प्रतिनिधित्व हुनेगरि विधान बमोजिम तदर्थ समिति गठन गर्नुपर्ने माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन्।

उनीहरूले नेविसंघको विधान पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने आसन्न तीनवटै तहको निर्वाचनमा युवा, विद्यार्थी परिचालन गर्ने वातावरण तयार गर्नुपर्ने, अध्यावधिक स्ववियु निर्वाचन र नेविसंघको महाधिवेशनको ग्यारेन्टी गर्नुपर्ने माग पनि राखेका छन्।

नेविसंघका नेता अनिल खनालले नेविसंघलाई थप अन्योलमा राख्न नहुने भन्दै पार्टीको ध्यानाकर्षण गराइएको जानकारी दिए। प्रदर्शनपछि उनीहरूले आफ्ना मागका बारेमा पार्टी कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएका छन्।  

 

प्रकाशित मिति: १४:५० बजे, आइतबार, चैत ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्