मूल्यवृद्धिकाे विराेधमा विप्लवका विद्यार्थीले घेरे आयल निगम
काठमाडाैं, चैत ६ : पेट्रोलियम पदार्थको मूल्यवृद्धिकाे विराेधमा विद्यार्थीहरुले नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा घेराउ गरेका छन्।आइतबार विप्लव नेतृत्वको नेकपानिकट विद्यार्थी संगठन अखिल...
काठमाडाैं, चैत ६ : पेट्रोलियम पदार्थको मूल्यवृद्धिकाे विराेधमा विद्यार्थीहरुले नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा घेराउ गरेका छन्।
आइतबार विप्लव नेतृत्वको नेकपानिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले तत्काल पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिनुपर्ने माग राख्दै निगममा घेराउ गरेका हुन्।
उनीहरुले 'मूल्यवृद्धि खारेज गर', 'बढ्दो महँगी नियन्त्रण गर' लगायत नारा लगाएका छन्। त्यस्तै उनीहरुले पेट्रोलियम पदार्थ घटाएर विद्युतीय सामग्रीको प्रयोगमा प्रोत्साहन गर्नुपर्ने जनाएका छन्।
पछिल्लो पटक वृद्धि भएको मूल्य अनुसार पेट्रोल प्रतिलिटर १५५ र डिजेल तथा मट्टीटेल प्रतिलिटर १३८ रुपैयाँ पुगेको छ। निगमले भने मूल्यवृद्धि गर्दा पनि घाटा नै रहेको बताउदै आएको छ।

प्रकाशित मिति: १४:३९ बजे, आइतबार, चैत ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












