Kathmandu Press

बेंसीसहर-चामे सडक थप १० दिन बन्द

मनाङ, चैत ६ : लमजुङ र मनाङ जोड्ने डुम्रे-बेंसीसहर-चामे सडकखण्ड पुनः १० दिन बन्द हुने भएको छ।सडकखण्डको तिमाङ छहरामा रहेको काठेपुल जीर्ण भएकाले...
बेंसीसहर-चामे सडक थप १० दिन बन्द

मनाङ, चैत ६ : लमजुङ र मनाङ जोड्ने डुम्रे-बेंसीसहर-चामे सडकखण्ड पुनः १० दिन बन्द हुने भएको छ।

सडकखण्डको तिमाङ छहरामा रहेको काठेपुल जीर्ण भएकाले कल्भर्ट निर्माण सम्पन्न भइसकेको छ। कल्भर्टको ढलान पूर्ण रुपमा सेट भई नसकेका कारण आजदेखि पुनः सडक बन्द गरिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ। 

Hardik ivf

पैदलयात्रुबाहेक सवारीसाधनका लागि सडक बन्द गरिएको मनाङ प्रशासनले एक सूचना जारी गर्दै भनेको छ। 'मनाङ जिल्ला प्रवेश गर्ने सडक मार्ग डुम्रे-बेंसीसहर-चामे खण्डको तिमाङ छहरामा दुईवटा ठाउँमा कल्भर्ट पुलको स्लाब ढलान कार्य सम्पन्न भएको र प्राविधिक हिसाबले सेट हुन कम्तीमा १५ दिन लाग्ने भएकाले सो अवधिका लागि सडक बन्द गरिदिन अनुरोध गरिएको डुम्रे-बेंसीसहर-चामे सडक योजना कार्यालयले जनाएको छ।

सडक निर्माणका लागि गत फागुन २० देखि चैत ५ गतेसम्मका लागि सडक बन्द गरिएको थियो। जिल्लाको नासोँ गाउँपालिका–९ स्थित तिमाङ छहरामा दुई ठाउँमा कलभर्ट निर्माण गरिएको छ।

यहाँ गत असारमा आएको बाढीले काठेपुल बगाएको थियो। पछि पुनः काठेपुल राखेर यातायात सञ्चालन भएकामा गत कात्तिकमा आएको बाढी पहिराले समेत काठेपुल बगाएको थियो।

त्यसपछि राखिएको काठेपुल जीर्ण हुँदै गएको र आगामी बर्खायाममा फेरि समस्या उत्पन्न हुने भएकाले व्यवस्थित गर्न ढलानसहितको स्लाब कल्भर्ट निर्माण गरिएको हो।

प्रकाशित मिति: १४:३४ बजे, आइतबार, चैत ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्