Kathmandu Press

नारायणीमा पौडी खेल्ने क्रममा धादिङका किशाेर बेपत्ता

नवलपुर, चैत ६ :  नारायणी नदीमा पौडी खेल्ने क्रममा एक किशोर बेपत्ता भएका छन्। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ कुजौलीघाटस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा...
नारायणीमा पौडी खेल्ने क्रममा धादिङका किशाेर बेपत्ता

नवलपुर, चैत ६ :  नारायणी नदीमा पौडी खेल्ने क्रममा एक किशोर बेपत्ता भएका छन्। 

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ कुजौलीघाटस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा धादिङको नीलकण्ठ नगरपालिका–९ घर भई देवचुलीस्थित आफन्तको घरमा आएका १६ वर्षीय नवराज श्रेष्ठ आज (आइतबार) बिहान बेपत्ता भएका हुन्।

Hardik ivf

पौडी खेल्ने क्रममा बेपत्ता भएका श्रेष्ठको अवस्था अहिलेसम्म पनि अज्ञात रहेका कारण उनको खोजीकार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए। 

पौडी खेल्दा बेपत्ता भएको स्थान र त्यसभन्दा तल्लो तटीय क्षेत्रमा उनको खोजी कार्य तीव्र पारिएको उनले बताए। 

प्रकाशित मिति: १४:१९ बजे, आइतबार, चैत ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्