Kathmandu Press

अनिवार्य कोरोना परीक्षणको नियम हट्यो, सिमानाका र विमानस्थलमा नयाँ मापदण्ड

 काठमाडौं, चैत ६ ः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिमानाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनिवार्य कोरोना परीक्षण गर्नुपर्ने व्यवस्था हटाएको छ। आइतबार मन्त्रालयका सह–प्रवक्ता समिरकुमार...
अनिवार्य कोरोना परीक्षणको नियम हट्यो, सिमानाका र विमानस्थलमा नयाँ मापदण्ड

 

काठमाडौं, चैत ६ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिमानाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनिवार्य कोरोना परीक्षण गर्नुपर्ने व्यवस्था हटाएको छ। 

आइतबार मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले सूचना जारी गरेर कोरोना परीक्षण गर्नैपर्ने अवस्थाका बारेमा जानकारी दिएका छन्। 

कोरोना संक्रमणदर कम हुँदै गएका कारण विमानस्थल र सिमानाकाबाट अनिवार्य कोरोना परीक्षण गर्नुपर्ने व्यवस्था हटाइएको हो। 

कोरोनाविरुद्धको पूर्ण खोप प्राप्त नगरेका व्यक्तिहरुले ७२ घन्टाभित्र गरिएको कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट देखाउनुपर्नेछ। यी दुबै नभएका व्यक्तिहरुमा भने कोरोना परीक्षण गरिने सूचनामा उल्लेख छ। 

त्यस्तै  नेगेटिभ रिपोर्ट भएपनि कोरोनासँग मिल्दाजुल्दा देखिएको छ भने अनिवार्य रुपमा कोरोना परीक्षण गर्नुपर्नेछ। बालबालिकाको हकमा पनि यो नियम लागू हुने सूचनामार्फत जानकारी दिइएको छ। 

सिमानाका तथा हवाई नाकामा खटिएका स्वास्थ्यकर्मीहरुले आवश्यक ठानेको अवस्थामा कोभिड–१९ तथा अन्य संक्रामक रोगको स्क्रिनिङका लागि यात्रुको कोरोना परीक्षण गर्न सक्ने बताइएको छ। 
 

प्रकाशित मिति: १४:०८ बजे, आइतबार, चैत ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्