वोमी र सूर्योदय लघुवित्तले चैत १९ देखि एकीकृत कारोबार थाल्ने
काठमाडौं, चैत ६ : वोमी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्थाबीच यही चैत १९ देखि एकीकृत कारोबार सुरु हुने भएको छ। यी दुई...
काठमाडौं, चैत ६ : वोमी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्थाबीच यही चैत १९ देखि एकीकृत कारोबार सुरु हुने भएको छ।
यी दुई संस्था मर्जरका लागि राष्ट्र बैंकबाट फागुन ५ गते स्वीकृति प्राप्त भएको थियो। कम्पनी रजिष्ट्रारको कार्यालयले पनि चैत १ गते पत्रमार्फत एकीकृत कारोबारका लागि स्वीकृति दिएको थियो।
अब सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु हुन लागेको कम्पनी सचिव प्रमेश आचार्यले जानकारी दिए।
दुवै लघुवित्तबीच भदौ १५ गते मर्जरसम्बन्धी सम्झौता भएको थियो। भदौ १६ देखि दुवै लघुवित्तको सेयर कारोबार बन्द छ।
काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको वोमीको हाल कायम चुक्ता पुँजी ४१ करोड १९ लाख रुपियाँ छ। स्याङ्जाको पुतलीबजारमा केन्द्रीय कार्यालय रहेको सूर्योदयको हाल कायम चुक्ता पुँजी २४ करोड ८० लाख रुपैयाँ रहेको छ।











