Kathmandu Press

लिफ्टिङबाट घरघरमा खानेपानीका धारा

तनहुँ, चैत ६ : म्याग्दे गाउँपालिका–२स्थित लिफ्ट झ्यालगैह्रा खानेपानी आयोजना निर्माण भइ स्थानीयवासीका घरघरमा खानेपानी उपलब्ध गराइएको छ। सङ्घीय सरकार र गण्डकी प्रदेशको गरी कूल...
लिफ्टिङबाट घरघरमा खानेपानीका धारा

तनहुँ, चैत ६ : म्याग्दे गाउँपालिका–२स्थित लिफ्ट झ्यालगैह्रा खानेपानी आयोजना निर्माण भइ स्थानीयवासीका घरघरमा खानेपानी उपलब्ध गराइएको छ। 

सङ्घीय सरकार र गण्डकी प्रदेशको गरी कूल रु दुई करोड ५१ लाख २४ हजार ३३२ को लागतमा उक्त आयोजना निर्माण गरिएको हो ।पानीको समस्याका कारण यस क्षेत्रका मानिसले धेरै कठिनाइ भोग्दै आएको स्थानीय उपभोक्ता सोमबहादुर थापाले बताए। 

Hardik ivf

सङ्घीय सरकारबाट एक करोड ४६ लाख ४९ हजार ५४९, प्रदेश सरकारबाट  रु ४० लाख ८७ हजार ५६ र   थप रु तीन लाख ४२ हजार १६८ उपलब्ध गराउनका साथै  रु ६० लाख २५ हजार ६०६ बराबरको श्रमदान व्यहोरिएको थियो । झ्यालगैह्राबाट ऋषिथुम डाँडासम्म करिब एक किलोमिटर लामो दूरीमा खानेपानी लगेर ट्याङ्कीमा सङ्कलन गरी वितरणको व्यवस्था मिलाइएको छ । 

उक्त आयोजनाबाट १६७मध्ये हाल १३९ घरधुरीका बासिन्दा लाभान्वित भएका  उक्त आयोजनाका सचिव ईश्वरराज काफ्लेले जानकारी दिए । उनले भने, ‘एक सय चालिस वटा धारा निर्माण गरी पानी वितरण गरिएको छ।’ साठी वटा सोलार प्यानल जडान गरी बस्तीभन्दा तल रहेको खोल्सीको पानी ३५० मिटर भर्टिकलको उचाइमा उठाएर पन्ध्र हर्षपावर क्षमताको मोटरको सहायताले लिफ्ट गरी ऋषिथुम डाँडामा निर्माण गरिएको ४० हजार लिटर क्षमताको ट्याङ्कीमा सङ्कलन गरी वितरणको व्यवस्था मिलाइएको छ

गण्डकी प्रदेशका वन वातावरण तथा भूसंरक्षणमन्त्री दीपक थापाले उक्त आयोजना उद्घाटन गरेका थिए। 

प्रकाशित मिति: १३:१३ बजे, आइतबार, चैत ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्