एनआरएनए निर्वाचनक लागि मतदाता संख्या ३ हजार ९८
काठमाडाैं, चैत ६ : गैरआवासीय नेपाली संघ (एनआएनए) को निर्वाचनमा ३ हजार ९८ मतदाताले मात्र मतदानमा सहभागी हुन पाउने भएका छन्।संघको निर्वाचन अधिकृतको कार्यालयले...
काठमाडाैं, चैत ६ : गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा ३ हजार ९८ मतदाताले मात्र मतदानमा सहभागी हुन पाउने भएका छन्।
संघको निर्वाचन अधिकृतको कार्यालयले आइतबार विज्ञप्ति जारी गरे परिचय नखुलेका र सेल्फीमा नलिएकालाई मतदाता नामावलीबाट हटाइएको जानकारी दिएको छ। यसअघि निर्वाचन समितिले ३ हजार ५ सय ९० जनाको नाम सार्वजनिक गरेको थियो।
नयाँ नेतृत्वका संघको निर्वाचन यही कात्तिक १० र ११ गते (२०२२ मार्च २४ र २५) भइसकेको छ ।
संघको निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षलगायत पदमा मतदान हुँदैछ। अनलाइनमार्फत हुने निर्वाचनको व्यवस्थापनको जिम्मा अष्ट्रेलियास्थित भेरो कम्पनीले लिएको छ।
अध्यक्ष पदमा डा. बद्री केसी र रविना थापाबीच प्रतिस्पर्धा हुँदैछ।

प्रकाशित मिति: १२:५६ बजे, आइतबार, चैत ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












