Kathmandu Press

राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन चैत २२ हुने

काठमाडौं, चैत ६ : नेपाल राष्ट्रिय व्यवसायी महासंघको चौथो साधारणसभा र दोस्रो महाधिवेशन यही चैत २२ गते हुने भएको हो।होटल एभरेस्टमा हुने महाधिवेशनको...
राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन चैत २२ हुने

काठमाडौं, चैत ६ : नेपाल राष्ट्रिय व्यवसायी महासंघको चौथो साधारणसभा र दोस्रो महाधिवेशन यही चैत २२ गते हुने भएको हो।

होटल एभरेस्टमा हुने महाधिवेशनको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने कार्यक्रम तय भएको महासंघका उपाध्यक्ष तथा महाधिवेसन आयोजक समितिका संयोजक गोविन्द कार्कीले जानकारी दिए।

उनका अनुसार उद्घाटन सत्रमा अर्थमन्त्री जनार्दन शर्मा लगायत सरकारका अन्य उच्च अधिकारीहरुको समेत उपस्थिति रहनेछ।
गत वर्ष नै हुनुपर्ने महासंघको केन्द्रीय महाधिवेशन कोरोना भाइरसको त्रासका कारण पर धकेलिएको थियो। 

यस्तै महासंघका अध्यक्ष नरेश कटुवालको कार्यकाल पुरा भइसकेकाले महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ। सकेसम्म सहमतिबाटै र नभए निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन गर्ने महासंघको तयारी छ। 
 

प्रकाशित मिति: १२:३६ बजे, आइतबार, चैत ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्