Kathmandu Press

न्याय सेवा आयोगको बैठक बस्दै

काठमाडाैं, चैत ६ : न्याय सेवा आयोगको बैठक आज (आइतबार) बस्दैछ।नयाँ कर्मचारीको पदस्थापन र केही कर्मचारीको सरुवाबारे निर्णय लिन आयोगका अध्यक्षसमेत रहेका कामु प्रधानन्यायाधीश...
न्याय सेवा आयोगको बैठक बस्दै

काठमाडाैं, चैत ६ : न्याय सेवा आयोगको बैठक आज (आइतबार) बस्दैछ।

नयाँ कर्मचारीको पदस्थापन र केही कर्मचारीको सरुवाबारे निर्णय लिन आयोगका अध्यक्षसमेत रहेका कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज दिउँसो २ बजेका लागि  बैठक डाकेका हुन्।

आज बस्ने बैठकमा लोकसेवा आयोगले लिएको परीक्षामा उत्तीर्ण भएका न्याय सेवाका शाखा अधिकृतहरु तथा उपसचिवको परीक्षा उत्तीर्ण गरेका र बढुवा भएकाहरुको पदस्थापन मुख्य एजेन्डा रहेका छन्।

आयोग स्रोतका अनुसार न्याय सेवाका केही कर्मचारीलाई सरुवा गर्ने एजेन्डासमेत रहेको छ। 

आयोगमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश मीरा खड्का, लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता खम्मबहादुर खाती सदस्य रहेका छन्।

प्रकाशित मिति: १२:१० बजे, आइतबार, चैत ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्