माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक विष्ट निलम्वित
काठमाडौं, चैत ६ : नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका सचेतक ठम्मरबहादुर विष्ट निलम्वित भएका छन्। प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले आइतबार...
काठमाडौं, चैत ६ : नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका सचेतक ठम्मरबहादुर विष्ट निलम्वित भएका छन्। प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले आइतबार प्रेस नोट जारी गर्दै विष्टलाई दलको सदस्यबाट निलम्बन गरिएको जानकारी दिएका हुन्।
माओवादी केन्द्रले एमसिसी पास गर्न सहयोग गरेको भन्दै विष्टले यसअघि नै पदबाट राजीनामा दिएको घोषणा गरिसकेका थिए।उनलाई चैत ३ गते बसेको प्रदेशसभा दलको बैठकले राजीनामा फिर्ता लिएर नियमित काममा क्रियाशील हुन निर्देशन दिएको थियो।
तर पार्टीको निर्देशन अवज्ञा गरेका कारण उनलाई आइतबार प्रदेश सभा सदस्य पदबाट निलम्वन गरिएको हो।
विष्ट एमाले प्रवेशको तयारीमा छन्।
प्रकाशित मिति: ११:१२ बजे, आइतबार, चैत ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











