Kathmandu Press

पोखरीमा डुबेर १८ वर्षीय किशोरको मृत्यु

महोत्तरी, चैत ६ : महोत्तरी महोत्तरीको मटिहानी नगरपालिका–७ स्थित पोखरीमा पौडी खेल्नेक्रमा एक किशोरको डुवेर मृत्यु भएको छ । मृत्युहुनेमा  मुखियापट्टी मुसरनियाँ गाउँपालिका–३ का...
पोखरीमा डुबेर १८ वर्षीय किशोरको मृत्यु

महोत्तरी, चैत ६ : महोत्तरी महोत्तरीको मटिहानी नगरपालिका–७ स्थित पोखरीमा पौडी खेल्नेक्रमा एक किशोरको डुवेर मृत्यु भएको छ । मृत्युहुनेमा  मुखियापट्टी मुसरनियाँ गाउँपालिका–३ का १८ वर्षीय सुमन ठाकुर छन् । 

सो पोखरीमा तीन युवक पौडी खेल्न गएका जनाइएको छ । स्थानीयवासीले पानीमा डुबेका ती युवालाई जिवितै उद्धार गरे थिए । उचारका क्रमा लैजादै गर्दा ठाकुरको मृत्यु भएको जनाइएको छ ।     

Hardik ivf

यसैबीच महोत्तरी गाउँपालिका–५ गौरीगामा गाउँमा पोखरीमा डुबेर बेहोस भएका एक युवकको गए राति उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा २५ वर्षीय राकेश पासवान रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए। 

होली खेलेर शनिवार साँझ  गाउँमै रहेको पोखरीमा नुहाउन गएका युवक राकेश पौडी खेल्ने क्रममा पोखरीमै बेहोस भएपछि स्थानीयवासीले उद्धार गरेर उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको थिए।  

प्रकाशित मिति: १०:३८ बजे, आइतबार, चैत ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्