Kathmandu Press

माओवादी केन्द्र पहिलो पार्टी बन्ने सम्भावना छ : प्रचण्ड 

काठमाडौं, चैत ६ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र देशको पहिलो पार्टी बन्न सक्ने बताएका छन्। पोखरामा आयोजित पत्रकार सम्मेलनमा...
माओवादी केन्द्र पहिलो पार्टी बन्ने सम्भावना छ : प्रचण्ड 

काठमाडौं, चैत ६ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र देशको पहिलो पार्टी बन्न सक्ने बताएका छन्। पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले देशमा शान्ति, लोकतन्त्र र परिवर्तनको संवाहक माओवादी नै हो भन्ने कुरा जनताले बुझ्दै गएको बताए। 

उनले २०६४ को शान्ति सम्झौता हुँदै हालको अवस्था सम्म आइपुग्दा माओवादी केन्द्र देशकै सबैभन्दा ठूलो पार्टी बन्ने सम्भावना रहेको बताए। ‘हामी ०४६ मा शान्ति सम्झौता गरेर आउँदा पनि कसैले पनि माओवादीले चुनाव जित्न भन्न सकेको स्थिति थिएन । ठूला भनेका राजनीतिक दलले त ५ सिट आउँछ होला माओवादीको भन्थे’, प्रचण्डले भने, ‘अहिले ०७४ सम्म आइपुग्दा र अब निर्वाचनमा जाँदै गर्दा सबै स्थिति हेर्दा हामी पहिलो पार्टी बन्ने सम्भावनातर्फ अघि बढेका छौँ ।’

प्रचण्डले गठबन्धन र तालमेलको आशा गरेर नबस्न पनि कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।  ‘अबको चुनावमा हामी बैशाखी कसैको टेकेर होइन, आफ्नै बलमा चुनाव लड्ने तयारी गर्दैछौं।’ चुनावमा आफ्नै तागत र एजेण्ड लिएर जनताकहाँ जान उनले निर्देशन दिए। 

उनले गठबन्धनबीच तालमेलको विषय कांग्रेसको व्यवहारले निर्धारण गर्ने दोहोर्याए । तर, गठबन्धनको विकल्प नभएको पनि बताए। उनले तालमेलको आग्रह गर्न दलहरुबीच नजाने बरु ती दलहरु तालमेल गर्न चाहन्छन् भने माओवादी केन्द्रकहाँ आउनुपर्ने उनको भनाई छ। 

परिवर्तनलाई उल्ट्याउने प्रयासहरु अझै पनि भइरहेको भन्दै यसका लागि पनि पार्टी चुनावबाट बलियो शक्ति हुन जरुरी रहेको प्रचण्डले बताए।

प्रकाशित मिति: १०:०१ बजे, आइतबार, चैत ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्