देशका १० जिल्लामा देखियो बर्डफ्लु
काठमाडौं, चैत ६ : देशका १० जिल्लामा बर्ड फ्लुको संक्रमण देखिएको छ।काठमाडौंमा देखिएको बर्ड फ्लुको संक्रमण अन्य १० जिल्लामा फैलिएको छ। अहिलेसम्म काठमाडौं,...
काठमाडौं, चैत ६ : देशका १० जिल्लामा बर्ड फ्लुको संक्रमण देखिएको छ।
काठमाडौंमा देखिएको बर्ड फ्लुको संक्रमण अन्य १० जिल्लामा फैलिएको छ। अहिलेसम्म काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी, उदयपुर, मकवानपुर, चितवन, सिन्धुली, कास्की र पर्सामा बर्ड फ्लु देखिएको पशु सेवा विभागले जनाएको छ।
शुरुआतमा काठमाडौंको तारकेश्वर र कागेश्वरी मनोहरामा बर्ड फ्लु देखिएको थियो। त्यसपछि भक्तपुरको सूर्यविनायकमा देखिएको विभागले जनाएको छ।
दुवै जिल्लामा देखिएको संक्रमण नियन्त्रणमा लिएको भए पनि अहिले अन्य जिल्लामा पनि देखिएको विभागले जनाएको छ। अन्य जिल्लाबाट परीक्षणका लागि नमूना आएको विभागका प्रवक्ता डा. चन्द्र ढकालले बताए।
अहिलेसम्म बर्ड फ्लु देखिएका जिल्लामा कुखुरा नष्ट गरिएको छ। सबै जिल्लामा गरेर ६५ हजार कुखुरा नष्ट गरिएको विभागले जनाएको छ।
प्रकाशित मिति: ०८:३९ बजे, आइतबार, चैत ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











