शुल्क फिर्ता गर्न चितवन मेडिकल कलेजलाई २४ घण्टे अल्टिमेटम
काठमाडौं, असोज १२ : विद्यार्थीबाट लिएको बढी शुल्क फिर्ता गर्न चितवन मेडिकल कलेजलाई २४ घण्टे अल्टिमेटम दिइएको छ।
अभिभावक संघर्ष समितिले अवैध ....
काठमाडौं, असोज १२ : विद्यार्थीबाट लिएको बढी शुल्क फिर्ता गर्न चितवन मेडिकल कलेजलाई २४ घण्टे अल्टिमेटम दिइएको छ।
अभिभावक संघर्ष समितिले अवैध रुपमा लिएको शुल्क फिर्ता गर्न २४ घण्टाको समय दिएको हो। यस अघि भएको सहमतिअनुसार, कलेज शुल्क फिर्ता नगरेपछि अल्टिमेटम दिएको संघर्ष समितिले जनाएको छ।
जिल्ला प्रशाशन कार्यालय, चितवनमा विद्यार्थी, अभिभावक, कलेज सञ्चालकलगायतबीच भएको छलफलमा विद्यार्थीबाट लिएको बढी शुल्क असोज १० गतेभित्र फिर्ता गर्ने सहमति भएको थियो। तर, शुल्क फिर्ता गर्ने विषयमा कलेजले वेवास्ता गरेको संघर्ष समिति अध्यक्ष निर्मला कडेँलले बताइन्।
चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी पनि आन्दोलित छन्। अब शुल्क फिर्ता नगरेर आन्दोलन गर्ने संघर्ष समितिले अध्यक्ष कडेँलले बताइन्।






