बैतडीमा ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु
बैतडी, चैत ६ : बैतडीमा गएराति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा ट्र्याक्टर चालक बर्दियाको ठाकुरद्वार नगरपालिका–५ का ३२ वर्षीय...
बैतडी, चैत ६ : बैतडीमा गएराति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ट्र्याक्टर चालक बर्दियाको ठाकुरद्वार नगरपालिका–५ का ३२ वर्षीय अर्जुन थारू रहेका छन्।
बालुवा बोकेर मौराबाट फर्किरहेको सुपप्र ०१००२ त ५५९८ नंको ट्र्याक्टर गएराति साढे ८ बजेतिर दशरथचन्द नगरपालिका–१० बाराकोटको भाटाला भन्ने ठाउँमा दुर्घटनामा परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।
उनका अनुसार ट्र्याक्टर सडकमै पल्टेर दुर्घटना हुँदा घाइते भएका अर्जुनलाई जिल्ला अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा राति मृत्यु भएको हो।
घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। (रासस)
प्रकाशित मिति: ०८:११ बजे, आइतबार, चैत ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












