Kathmandu Press

मदन भण्डारी फाउन्डेशनको अध्यक्षमा उषाकिरण

काठमाडौं, चैत ६ : मदन भण्डारी फाउन्डेशनको तेस्रो राष्ट्रिय सम्मेलनले पुनः उषाकिरण भण्डारीको नेतृत्वमा ४५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ।  फाउन्डेशनको सचिवमा...
मदन भण्डारी फाउन्डेशनको अध्यक्षमा उषाकिरण

काठमाडौं, चैत ६ : मदन भण्डारी फाउन्डेशनको तेस्रो राष्ट्रिय सम्मेलनले पुनः उषाकिरण भण्डारीको नेतृत्वमा ४५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ।  

फाउन्डेशनको सचिवमा पेम्बा लामा र कोषाध्यक्षमा चिन्तामणि भट्टराई चयन भएका छन्। त्यस्तै, सदस्यमा भेषराज अधिकारी, प्रेम सागर, शङ्कर भण्डारी, महेन्द्रबहादुर पाण्डे, सुशील प्याकुरेल, डा. विमला राई पौडेल, डेगेन्द्र पाण्डे, टीका ढकाल, कृष्ण भण्डारी, रामशरण प्याकुरेल, घनश्याम कोइराला, मिलन धरेल, अमरध्वज लामा, डा. कुन्दन अर्याल, डा. कैलाश भण्डारी, डा. कालूसिंह खत्री र मिना भण्डारी चयन भएका छन्।

Hardik ivf

यसैगरी सदस्यमा प्रदेश १ बाट गोपाल गुरागाईं, खेमराज पोखरेल, मन्जु चौधरी, किशोरचन्द्र दुलाल, मधेस प्रदेशबाट राजमहमद राज, बिना साह, सरोज यादव, बागमती प्रदेशबाट शिवकुमारी गोतामे, सरिता नेउपाने, खेम लोहनी, बालकृष्ण शिवाकोटी, गोपाल श्रेष्ठ, दिपक सुवेदी र रामशरण ढुङ्गाना चयन भएका हुन्।

गण्डकी प्रदेशबाट दामोदर वैरागी, डा. निर्मल विश्वकर्मा, लुम्बिनी प्रदेशबाट बलबहादुर आचार्य, रामबहादुर राउत, मिना बुढा, कर्णाली प्रदेशबाट टीका विस्ट, प्राडा नन्दबहादुर सिंह, सुदूरपश्चिम प्रदेशबाट हरदेव जोशी र सरस्वती नेपाली सदस्य चयन भएका छन्।

 

प्रकाशित मिति: ०७:१६ बजे, आइतबार, चैत ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्