Kathmandu Press

ट्र्याक्टरबाट खसेर भक्तपुरमा एक जनाको मृत्यु

काठमाडौं, चैत ६ : ट्र्याक्टरबाट खसेर मध्यपुरथिमि–३ कौशलटारमा एक जनाको मृत्यु भएको छ।काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको ना ७ त २७७४ नम्बरको ट्र्याक्टरबाट खसेर...
ट्र्याक्टरबाट खसेर भक्तपुरमा एक जनाको मृत्यु

काठमाडौं, चैत ६ : ट्र्याक्टरबाट खसेर मध्यपुरथिमि–३ कौशलटारमा एक जनाको मृत्यु भएको छ।

काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको ना ७ त २७७४ नम्बरको ट्र्याक्टरबाट खसेर उदयपुरको गाईघाट घर भइ ललितपुरको इमाडोल बस्ने १८ वर्षीय प्रदीप कार्कीको मृत्यु भएको प्रहरीले जनाएका छ।

गुडिरहेको मिक्सचर बोकेको ट्र्याक्टरबाट खसेर घाइते भएका प्रदीपको उपचारका लागि नेशनल ट्रमा सेन्टर लगिएको थियो। उपचारका क्रममा उनको ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए।

ट्र्याक्टर चालक झापाको कन्काई नगरपालिका–५ घर भइ ललितपुरको इमाडोल बस्ने २७ वर्षीय रोशन गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: ०६:५५ बजे, आइतबार, चैत ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्