Kathmandu Press

‘देशको मुहार फेर्न राप्रपा’

‘देशको मुहार फेर्न राप्रपा’
Hardik ivf

सिन्धुली, चैत ५ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपाले देशको नेतृत्व नगरेसम्म देशले मुहार नफेर्न दाबी गरेका छन।  

सो पार्टीले आज सिन्धुलीमा गरेको आमसभामा उनले ठूला दलहरु एउटै सिक्काको दुई पाटा भएकाले कुनै फरक नभएको बताए। 'कुनै पनि पार्टी, नेताले १०/१० वर्ष मौका पाउँदा पनि देशले मुहार फेर्न नपाएकाले हामी जनताको अदालतमा भन्न आएका हौँ,' उनले भने।

जनतालाई बुझाउन सके राप्रपाले देश बनाउने भन्दै एकपटक राप्रपालाई सहयोग गर्न उनले अपिल गरे। 'देशको उत्पादनले नधानेसम्म मुलकमा समृद्धि हासिल गर्न सकिन्न, देशमा उत्पादन भएको बिजुली देशमै खपत गरौँ, विद्युत् उत्पादनमूलक कार्यमा खपत गरे मुलुक आर्थिकरूपमा समृद्ध बन्छ,' उनको भनाइ थियो।

प्रकाशित मिति: २१:०५ बजे, शनिबार, चैत ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्