Kathmandu Press

आज विश्व मुटु दिवस, यसरी बच्न सकिन्छ मुटुरोगबाट

काठमाडौं, असोज १२ : आज विश्व मुटु दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ।

‘स्वस्थ मुटु सुरक्षित भविष्य’ भन्ने नाराका स....

आज विश्व मुटु दिवस, यसरी बच्न सकिन्छ मुटुरोगबाट

काठमाडौं, असोज १२ : आज विश्व मुटु दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ।

‘स्वस्थ मुटु सुरक्षित भविष्य’ भन्ने नाराका साथ मुटु दिवस मनाइएको हो। प्रत्येक वर्ष सेप्टेम्मर २९ तारिखमा यो दिवस मनाइने गरिन्छ।

मुटु दिवसको अवसरमा ललितपुरको जाउलाखेलस्थित अल्का अस्पतालले आइतबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। शिविरमा मुटुरोग परीक्षण गरिएको छ। शिविरमा आएका सर्वसाधारणलाई मुटुरोगबाट बच्ने उपायबारे जानकारी दिइएको छ।

नेपालमा पनि मुटुरोगीको संख्या बढ्दै गएको चिकित्सकले बताएका छन्। पाएक पर्ने ठाउँमा मुटुरोग उपचार केन्द्र नहुँदा र आर्थिक अभावले पनि मुटुरोगीको संख्या बढ्दै गएको डा.उदय श्रेष्ठले बताए।

आधुनिक जीवनशैली, खानापान, अल्छीपनले गर्दा मुटुरोगीहरु बढ्दै गइरहेको चिकित्सकहरु बताउँछन्। विश्वमा हरेक वर्ष मुटुसम्बन्धी रोगबाट १७ लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। नेपालमा भने २६ लाख मानिसमा मुटुसम्बन्धी कुनै न कुनै रोग लागेको पाइएको छ।

डा.श्रेष्ठका अनुसार, मुटुरोग लाग्ने कारण दुई प्रकारका छन्। धड्कनसम्बन्धी समस्या र ब्लकेजलाई भित्रि कारण मानिन्छ भने बाहिरी कारणमा धूमपान, मध्यपान, कोलेस्ट्रोल, रक्तचाप बढ्नुलगायत रहेका छन्। थाइराइड, सुगर, मोटोपना आदि कारणले पनि मुटुरोग हुन्छ।

मुटु ढुकढुक हुनु, मुटुको चाल छिनछिनमा गडबड भएको अनुभूति हुनु, खुट्टा, अनुहार, पेट सुन्निन, बेहोस हुनु र निकै थकाइ लाग्नु मुटुरोगका लक्षण हुन्।

यसबाट बच्न घ्यू–तेल तथा अन्य चिल्लोको मात्रा कम प्रयोग गर्नेु डा.श्रेष्ठको भनाइ छ। उनका अनुसार, नुन दैनिक तीनदेखि पाँच ग्रामसम्म प्रयोग गर्ने, काचो नुनु थपेर नखाने, नियमित व्यायम गर्ने, खानामा हरियो साग, दैनिक कम्तिमा एकपटक फलफूल खानेगर्नु पर्छ ।

त्यस्तै, शाकाहारी हुनु मुटुका लागि फाइदाजनक छ। तर, नियन्त्रित रुपमा माछा, मासु खाए पनि हानी नहुने चिकित्सकले बताएका छन्। मुटुरोग लागीसकेकाले चिकित्सकको सिफारिसअनुसार औषधि तथा आहार लिनुपर्छ।

प्रकाशित मिति: १४:३० बजे, आइतबार, असोज १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्