Kathmandu Press

प्रणाली फेरिए पनि प्रवृत्ति बदल्न सकिएन : एमाले नेतृ पाण्डे

झापा, चैत ५ : नेकपा (एमाले)की स्थायी समिति सदस्य विन्दा पाण्डेले हरेक मानिसको सोच र व्यवहारमा परिवर्तन नआएसम्म लैङ्गिक समानता र अधिकारको लडाइँ...
प्रणाली फेरिए पनि प्रवृत्ति बदल्न सकिएन : एमाले नेतृ पाण्डे

झापा, चैत ५ : नेकपा (एमाले)की स्थायी समिति सदस्य विन्दा पाण्डेले हरेक मानिसको सोच र व्यवहारमा परिवर्तन नआएसम्म लैङ्गिक समानता र अधिकारको लडाइँ अपूर्ण हुने बताएका छन।

रिडर्स झापाले आज झापाको काँकडभिट्टामा ‘धर्तीमाथिको दाबी’ नामक पुस्तकको विषयमा आयोजना गरिएको अन्तक्र्रियामा उनले नेपाली समाजमा विभिन्न चरणमा भएका राजनीतिक आन्दोलनले सत्ताको प्रणाली फेरेतापनि प्रवृत्ति बदल्न नसकेको बताए। राजनीतिक दलको नेतृत्वमा समेत पित्तृसत्तावादी सोच हाबी रहेको जिकिर गर्दै उनले पठन संस्कृति र प्रश्न गर्ने बानीले मात्र नेतृत्वको सोच र व्यवहार बदल्न सकिने बताए। ‘धर्तीमाथिको दावी’ उनको पछिल्लो प्रकाशित कृति हो। कार्यक्रममा कृतिका बारेमा सहजकर्ता सागर शिवाकोटीले विभिन्न प्रश्न गरेका थिए।

Hardik ivf

पाण्डेले यस कृतिमा आफ्नो राजनीतिक जीवनको सङ्घर्षदेखि संविधानसभा सदस्यको भूमिकामा रहेर लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गर्दाताका महिला अधिकारका लागि गरिएको रस्साकस्सीका बारेमा विशेष चर्चा गर्नुभएको कार्यक्रमका सहजकर्ता शिवाकोटीले बताए।

सहभागीबाट सोधिएका प्रश्नहरुको जवाफ दिने क्रममा कृतिकार पाण्डेले पितृसत्ताको अन्त्य गर्नका लागि महिलाबाद लागू हुनुपर्ने चर्चा गरे। उनले माक्र्सवाद, लेनिनवाद र माओवादी जुनसुकै वैचारिक मार्ग अपनाए पनि वर्गीयमुक्तिको कुराले मात्र महिला मुक्ति सम्भव नहुने र समानताको लडाइँका लागि महिलावाद अपरिहार्य भइसकेको बताए। उनले भने, 'ठूला नेताले जे अह्राउँछन् त्यही मात्र सही भन्नुको साटो नयाँ पुस्ता तथ्य खोजेर मात्र विश्वास गर्छन्। नयाँ पुस्ताले मात्र समानता र समावेशीको सिद्धान्तलाई बिनाहिच्किचाहट व्यवहारमा उतार्छन्।'

प्रकाशित मिति: १९:४२ बजे, शनिबार, चैत ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्