Kathmandu Press

अरनिकाे राजमार्गमा गुडिरहेको ट्रयाक्टरबाट खसेर एकको मृत्यु

भक्तपुर, चैत ५ : मध्यपुरथिमि–३ कौशलटारस्थित अरनिको राजमार्गसडकखण्डमा काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको ट्र्याक्टरबाट खसेर आज उदयपुर गाईघाट घर भई ललितपुर इमाडोल बस्ने १८...
अरनिकाे राजमार्गमा गुडिरहेको ट्रयाक्टरबाट खसेर एकको मृत्यु
Hardik ivf

भक्तपुर, चैत ५ : मध्यपुरथिमि–३ कौशलटारस्थित अरनिको राजमार्गसडकखण्डमा काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको ट्र्याक्टरबाट खसेर आज उदयपुर गाईघाट घर भई ललितपुर इमाडोल बस्ने १८ वर्षीय प्रदीप कार्कीको मृत्यु भएको छ।

गुडिरहेको मिक्सचर बोकेको ना७त २७७४ नंको ट्र्याक्टरबाट खसेर घाइते भएका कार्कीको उपचारका लागि नेसनल ट्रमा सेन्टर पुर्‍याइए पनि मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए।

ट्र्याक्टर चालक झापा कन्काई नगरपालिका–५ घर भई ललितपुर इमाडोल बस्ने २७ वर्षीय रोशन गुरुङलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको उनले जानकारी दिए।

प्रकाशित मिति: १९:०४ बजे, शनिबार, चैत ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्