Kathmandu Press

सिद्धेश्वर दावामा १५ शय्याको सामुदायिक अस्पताल शिलान्यास

भाेजपुर, चैत ५ : भोजपुर नगरपालिका–४ सिद्धेश्वर दावामा १५ शय्याको सामुदायिक अस्पतालको शिलान्यास गरिएको छ। दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले...
सिद्धेश्वर दावामा १५ शय्याको सामुदायिक अस्पताल शिलान्यास

भाेजपुर, चैत ५ : भोजपुर नगरपालिका–४ सिद्धेश्वर दावामा १५ शय्याको सामुदायिक अस्पतालको शिलान्यास गरिएको छ। दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले राज्यमन्त्री उमेश श्रेष्ठले अस्पतालको शिलान्यास गरेका हुन।

स्वास्थ्य र शिक्षाको विकासले मात्र समाजको परिर्वतन हुने बताउँदै अस्पताल निर्माणमा आवश्यक पर्ने रकमको व्यवस्था गर्न पहल गर्ने राज्यमन्त्री श्रेष्ठको भनाइ छ। राज्यमन्त्री श्रेष्ठले भने, 'दुर्गम क्षेत्रमा सहज स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यका साथ अस्पताल शिलान्यास भएको छ। यसबाट यहाँका जनतालाई प्रत्यक्ष राहत पुग्ने छ। गुणस्तरीय ढङ्गले तोकिएको समयमा सम्पन्न गराउन मेरो पहल रहन्छ।'
    
सामान्य बिरामी हुँदासमेत उपचारका लागि जिल्ला बाहिर जानुपर्ने भोजपुरका स्थानीयवासीको बाध्यता छ। आर्थिकरूपमा सक्षम हुनेहरु हेलिकोप्टर चार्टर्ड गरेर बाहिरका अस्पतालमा जाने गरेपनि सर्वसाधरण नागरिकलाई स्वास्थ्य सेवा लिन समस्या छ।

दावाली मिलन क्लबको पहलमा नेत्र प्रेमकुमारी सामुदायिक अस्पतालको शिलान्यास भएपछि स्थानीय नागरिक सहजरूपमा स्वास्थ्य सेवा पाउनेमा आशावादी बनेका छन्। स्थानीय ज्योति पौडेलले भनिन, 'आफ्नो ठाउँमा अस्पताल शिलान्यास भएको छ। अब स्वास्थ्य सेवा लिन सहज हुनेमा हामी आशावादी छौँ। गुणस्तरीय ढङ्गले समयमा सम्पन्न गराउन सबैले ध्यान दिन आवश्यक छ।'

Hardik ivf

अस्पताल निर्माणका लागि आवश्यक पर्ने ३० रोपनी जग्गा स्थानीय नेत्रप्रसाद पाण्डेले निःशुल्क प्रदान गरेका छन। भोजपुर नगरपालिका मात्र नभएर जिल्लाभित्र तथा अन्य जिल्लाका मानिसलेसमेत सहजरूपमा स्वास्थ्य सेवा पाऊन् भन्ने लक्ष्यले जग्गा दिएको पाण्डेको भनाइ छ।

एकमात्र सरकारी अस्पताल रहेको भोजपुरमा सामुदायिक अस्पताल निर्माणपछि स्थानीयवासीले स्वास्थ्य सेवा लिन सहज भएको उनीहरुको भनाइ छ। यसअघिको सरकारले शिलान्यास गरेका आधारभूत अस्पतालको कामले भने गतिलिन सकेको छैन।

यसैबीच गरिबीका कारण मुटुरोग, हार्डजोर्नी, दम, स्त्रीरोगजस्ता रोगबाट ग्रसित भोजपुरका नागरिकले नेपालकै वरिष्ठ चिकित्सकबाट निःशुल्क स्वास्थ्य सेवा पाएका छन्। गरिबीका कारण उपचार गराउन नपाएका उनीहरु दावाली मिलन क्लबको सक्रियतामा आफ्नै जिल्लामा उपचार पाएका हुन्।

दावाली मिलन क्लब, नेपाल चिकित्सक सङ्घ, भोजपुर अस्पताल र भोजपुर नगरपालिकाको साझेदारीमा भएको दुईदिने निःशुल्क स्वास्थ्य शिविरमा करिब तीन हजार १०० बढीले सेवा लिएका छन्। एक मात्र सरकारी अस्पताल रहेको भोजपुरमा सामान्य किसिमका बिरामी पर्दासमेत ठूलो आर्थिकभार व्यहोरेर स्वास्थ्योपचारका लागि बाहिरी जिल्ला जानुपर्ने बाध्यता छ।

जिल्लामै विशेषज्ञ चिकित्सबाट मुटुरोग, हार्डजोर्नी, दम, स्त्रीरोग, यौन तथा छाला रोग, नाक, कान,घाँटी, आँखा, दाँतलगायतका रोगको निःशुल्क उपचार पाउँदा बिरामीलाई राहत मिलेको स्थानीयवासीले बताएका छन्।  स्थानीय चन्द्रबहादुर भुजेलले भने, 'जिल्लामा सुविधा नहुँदा हामीलाई धेरै नै समस्या छ। वरिष्ठ चिकित्सकको सेवा आफ्नै ठाउँमा लिन पाउँदा खुसी लागेको छ।'

विशेषगरी मुटुरोग, स्त्रीरोग हार्डजोर्नी तथा आँखा बिरामीको सङ्ख्या बढी रहेको मुटुरोग विशेषज्ञ डा भगवान् कोइरालाले बताए। जिल्ला अस्पतालको भवन सुविधासम्पन्न भएपनि दक्ष जनशक्तिनहुँदा बिरामीलाई समस्या हुने गरेकाले यसतर्फ राज्यले ध्यान दिनुपर्ने उनको भनाइ छ। विशेषगरी ज्येष्ठ नागरिक, महिला, बालबालिका, तथा विपन्न नागरिकलाई लक्ष्य गरेर शिविरको आयोजना गरिएको भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेको भनाइ छ।

प्रकाशित मिति: १९:०१ बजे, शनिबार, चैत ५, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्