Kathmandu Press

पिकअपकाे ठक्करबाट एक पैदलयात्रीको मृत्यु

सप्तरी, चैत ५ : सप्तरीको अग्निसाईर कृष्णसवरन गाउँपालिका–६ रतवालास्थित पूर्व–पश्चिम लोकमार्गमा पिकअपले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको...
पिकअपकाे ठक्करबाट एक पैदलयात्रीको मृत्यु
Hardik ivf

सप्तरी, चैत ५ : सप्तरीको अग्निसाईर कृष्णसवरन गाउँपालिका–६ रतवालास्थित पूर्व–पश्चिम लोकमार्गमा पिकअपले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स१च १६८३ नंको पिकअपले ठक्कर दिँदा अग्निसाइर कृष्णसवरन गाउँपलिका–६ का ५५ वर्षीय दुःखीलाल लेखीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।

अनियन्त्रित पिकअपको ठक्करबाट घाइते भएका पैदलयात्री लेखीलाई उपचारका लागि धर्मेश्वर अस्पताल ठेलियाबाट राजविराजस्थित अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए। ठक्करले दिने पिकअप गाडी र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १८:५५ बजे, शनिबार, चैत ५, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्