Kathmandu Press

‘चुनाव सफल बनाउनु छ’

भक्तपुर, चैत ५ : नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सफल बनाउन आग्रह गरेका छन। मध्यपुरथिमिमा...
‘चुनाव सफल बनाउनु छ’

भक्तपुर, चैत ५ : नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सफल बनाउन आग्रह गरेका छन। मध्यपुरथिमिमा आज आयोजित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा उहाँले निर्वाचनका एजेण्डा लिएर घरघर जानुपर्नेमा जोड दिए।

महासचिव पोखरेलले भने, 'अब सम्पूर्ण समय पार्टीलाई दिनुहोस्, टोलटोल, वडावडामा परिचालित हुनुहोस्।' कार्यक्रममा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले घरघरमा पुगेर जनमत बटुल्न आग्रह गरे। उनले विकास र समृद्धिको नारा लिएर जनतामा जानसमेत कार्यकर्तालाई निर्देशन दिए।

प्रकाशित मिति: १८:३० बजे, शनिबार, चैत ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्