Kathmandu Press

लोकतान्त्रलाई सबल बनाउन सबै दलले स्थानीय निर्वाचनमा भाग लिनुपर्छ : गृहमन्त्री खाँण

लोकतान्त्रलाई सबल बनाउन सबै दलले स्थानीय निर्वाचनमा भाग लिनुपर्छ : गृहमन्त्री खाँण

पाल्पा, चैत ५ : गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रिय दलको मान्यता प्राप्त गर्न नसकेका दलहरुलाई पनि चुनाव चिह्न दिनुपर्ने बताएका छन्।

पाल्पाको रामपुर नगरपालिकाको प्रशासकीय भवन आज (शनिबार) उद्घाटन गर्दै उनले ससाना दललाई पनि चुनाव चिन्ह दिनुपर्ने मान्यता सरकारले राखेको स्पष्ट पारे।

सानाठूला सबै दलले स्थानीय तहको निर्वाचनमा भाग लिनुपर्नेमा उनले जोड दिए। साना दलको अस्तित्व रक्षाका लागि निर्वाचनमा सहभागिता अत्यावश्यक रहेको उनको भनाइ थियो। चुनावमा सहभागिता जनाए मात्र साना दलहरूले पनि देशप्रति समर्पित हुने अवसर पाउने उनले बताए। 

स्थानीय तहको निर्वाचन विकास निर्माणको माध्यम मात्र नभएर जनतालाई हकअधिकार प्रदान गर्ने सशक्त माध्यम बनोस् भन्ने सरकारको चाहना रहेको उनले स्पष्ट पारे। 

गृहमन्त्री खाँणले अघिल्ला निर्वाचनमा भाग नलिएकाहरुलाई पनि भाग लिन आग्रह गरे। ‘स्थानीय तहको निर्वाचन लोकतान्त्रिक मूल्यमान्यतालाई सबल बनाउने आधारस्तम्भ बन्नुपर्छ। जनताको हकअधिकारलाई प्रत्याभूत गराउन पनि सबै दलले निर्वाचनमा भाग लिनुहोस्। सरकारले यही चाहेको छ,’ उनले भने। 

प्रकाशित मिति: १८:०६ बजे, शनिबार, चैत ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्