Kathmandu Press

टिपरसँग ठोक्किँदा मोटरसाइकलमा सवार किशोरीको मृत्यु

वीरेन्द्रनगर, चैत ५ : वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत रत्न राजमार्ग खण्डमा टिपरसँग ठोक्किँदा मोटरसाइकलमा सवार एक किशोरीको मृत्यु भएको छ।वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत सेडा स्कुल...
टिपरसँग ठोक्किँदा मोटरसाइकलमा सवार किशोरीको मृत्यु

वीरेन्द्रनगर, चैत ५ : वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत रत्न राजमार्ग खण्डमा टिपरसँग ठोक्किँदा मोटरसाइकलमा सवार एक किशोरीको मृत्यु भएको छ।

वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत सेडा स्कुल नजिक रत्न राजमार्गमा पिपिराबाट धुलियाबिटतर्फ गइरहेको भे१ख ३३०२ नम्बरको टिपर र सोही दिशाबाट आउँदै गरेको भे७प १७९९ नम्बरको मोटरसाइल आज दिउँसो करिब १२ बजेतिर टिपरको पछाडि ठोक्किएको थियो।

Hardik ivf

मोटरसाइकल टिपरसँग ठोक्किँदा लेकबेँसी नगरपालिका–५ सुर्खेत नेटागाउँका १७ वर्षीया लक्ष्मी पुलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।

किशोरीको घटनास्थलमै मृत्यु भएको हो। सो दुर्घटनामा घाइते मोटरसाइकल चालक लेकबेँसी नगरपालिका–८ सुर्खेतका २२ वर्षीय मिलन विक र त्यसमा सवार सोही नगरपालिका–५ नेटाकै १७ वर्षीया सन्दीपा पुलामीको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक घर्तीले बताए।

उनका अनुसार घाइते दुवैको अवस्था सामान्य छ। टिपर चालक बाँसगढी नगरपालिका-५ बर्दियाका ३१ वर्षीय राजु थापालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रकाशित मिति: १७:५८ बजे, शनिबार, चैत ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्