Kathmandu Press

पोखरीमा डुबेर महिलाको मृत्यु

बैतडी, चैत ५ :  पोखरीमा डुबेर बैतडीमा एक महिलाको मृत्यु भएको छ।मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ कैनपानीका २३ वर्षीया भागरथी चन्द रहेकी छन्। भागरथीको...
पोखरीमा डुबेर महिलाको मृत्यु

बैतडी, चैत ५ :  पोखरीमा डुबेर बैतडीमा एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ कैनपानीका २३ वर्षीया भागरथी चन्द रहेकी छन्। भागरथीको घर नजिकै रहेको सिँचाइ पोखरीमा डुबेर मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

बारीमा घाँस काटेर हातखुट्टा धुने क्रममा चिप्लेर पोखरीमा डुबेको र लगत्तै मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव परीक्षणका लागि अस्पताल लगिँदैछ। उनका पति रोजगारीका सिलसिलामा भारतमा छन्।

प्रकाशित मिति: १७:५६ बजे, शनिबार, चैत ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्