Kathmandu Press

अधिकतम सिट जित्ने गरी गठबन्धन हुन सक्छ : प्रवक्ता महत

नेपालगञ्ज, चैत ५ : नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कांग्रेसले अधिकतम सिट जित्ने गरी गठबन्धन हुन सक्ने बताएका छन्।प्रेस युनियन बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको...
अधिकतम सिट जित्ने गरी गठबन्धन हुन सक्छ : प्रवक्ता महत

नेपालगञ्ज, चैत ५ : नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कांग्रेसले अधिकतम सिट जित्ने गरी गठबन्धन हुन सक्ने बताएका छन्।

प्रेस युनियन बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले स्थानीय निर्वाचनमा धेरैभन्दा धेरै जित हासिल गरे केन्द्रीय निर्वाचन जित्न सजिलो हुने भएकाले गठबन्धनको सम्भावना नटरेको उल्लेख गरे।

'पार्टीलाई बलियो पार्न लागौं, के गर्दा धेरै सिट आउँछ त्यसै गर्ने हो,' प्रवक्ता महतले भने। नेता महतले बढी सिट जित्न निर्वाचनमा कुनै पनि सम्भावनालाई नकार्न नसकिने बताए।

पार्टीमा लागेका भोट बढाउन सक्नेलाई उम्मेदवार बनाई निर्वाचन जित्ने लक्ष्यका साथ कार्यक्षेत्रमा खटिन कांग्रेस कार्यकर्तालाई आग्रह गर्दै उहाँले गठबन्धन गर्ने दलहरूको प्रस्तावका आधारमा नेपाली कांग्रेसले निर्णय लिने उल्लेख गरे।

प्रवक्ता महतले एमसिसी नेपालको आवश्यकता र विकासका लागि भएको भन्दै एमसिसी परियोजनाले नेपालको विद्युत् प्रसारण र सडक विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: १७:२४ बजे, शनिबार, चैत ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्