उपलब्धि गुम्ने खतरा देखिएपछि एमसिसी अनुमोदनमा सहभागी भयाैं : प्रचण्ड
काठमाडौं, चैत ५ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राप्त उपलब्धि गुम्ने खतरा देखिएपछि सोचविचार गरेरै अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौता अनुमोदनमा सहभागी...
काठमाडौं, चैत ५ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राप्त उपलब्धि गुम्ने खतरा देखिएपछि सोचविचार गरेरै अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौता अनुमोदनमा सहभागी भएको बताएका छन्।
आज (शनिबार) सिन्धुलीमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गदैृ उनले विगतमा पनि धेरै नै उपलब्धि गुमाउनुपरेको र फेरि पनि त्यस्तो नहोस् भनेर व्याख्यात्मक घोषणा गरेर संसदबाट एमसिसी पारित गर्न सघाएको बताएका हुन्।
‘एमसिसी पारित नगर्ने भनेर अघि बढ्दा केन्द्र सरकार, सभामुख, प्रदेश सरकारसँगै शान्तिसम्झौतासमेत जाने जोखिम बढेपछि चलाखीपूर्वक व्याख्यात्मक घोषणा गराएर एमसिसीअनुमोदन गरिएको उनको भनाय थियो।
‘के हामी अहिले नै भूमिगत भएर हतियार उठाएर जाने स्थिति हो त ? सर्वनाश हुन लाग्यो भने जति पाइन्छ त्यति लिएर त्यहाँ टेकेर अगाडि बस्नु पो बुद्धिमानी हो,’ उनले भने। त्यसो गरेकै कारण देश संकटबाट बचेको प्रचण्डको भनाइ थियो।
२०६५ सालमा बाबुराम भट्टराई र रामबहादुर थापा ‘बादल’को भनाइमा लागेर तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाललाई कारबाही गर्नु गल्ती हुन गएको प्रचण्डले बताए। त्यही घटनाकै कारण पार्टी र देश दुवैले दुःख पाएको उनकाृ भनाइ थियो।











