Kathmandu Press

देशभरि थपिए १७ कोरोना संक्रमित, सक्रिय संक्रमित अझै ३५९५ जना

काठमाडाैं, चैत ५ : नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको १ हजार ९ सय ९३ पिसिआर परिक्षणका क्रममा ८ जना...
देशभरि थपिए १७ कोरोना संक्रमित, सक्रिय संक्रमित अझै ३५९५ जना

काठमाडाैं, चैत ५ : नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको १ हजार ९ सय ९३ पिसिआर परिक्षणका क्रममा ८ जना र २ हजार ५ सय ५० एन्टिजेन परिक्षणका क्रममा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

त्यस्तै कोरोनाका कारण शनिबार पनि कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै थप ४०९ संक्रमित कोरोनामुक्त भएका छन्।

हाल सम्म नेपालमा ९ लाख ६२ हजार ५ सय ८२ जना संक्रमणमुक्त भएका छन्। हाल नेपालमा ३ हजार ५ सय ९५ सक्रिय संक्रमित आइशोलेशनमा छन् भने १०६ जना क्वारेन्टाइनमा रहेको मनत्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:४१ बजे, शनिबार, चैत ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्