Kathmandu Press

ओलीलाई नेपालकाे कटाक्ष- आफ्नै सन्तान विभीषण होला भनेको रावण बन्यो

गोरखा, चैत ५ : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले नाउने भन्दा भत्काउने काममा लागेको विध्वंशकारी पार्टी बनेको बताएका छन्।आज (शनिबार) गोरखा...
ओलीलाई नेपालकाे कटाक्ष- आफ्नै सन्तान विभीषण होला भनेको रावण बन्यो

गोरखा, चैत ५ : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले बनाउनेभन्दा भत्काउने काममा लागेको विध्वंशकारी पार्टी बनेको बताएका छन्।

आज (शनिबार) गोरखा सदरमुकाममा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘भत्काउने काममा मात्र लागेको  एमाले विध्वंशकारी पार्टी हो,’ उनले भने, ‘कस्तो बिडम्वना आफैंले जन्माएको सन्तान विभिषण होला भन्ने सोचेको रावण भइदियो ।’ त्यसकारण आफूहरुले नयाँ पार्टी स्थापना गर्नुपरेको उनको भनाइ थियो।

‘कतिपयले नयाँ पार्टी खुल्ने नसक्ने, केपी ओलीसँग टक्कर दिने मान्छे यो धर्तीमा नजन्मेको भन्ने गरे पनि आफूले नयाँ पार्टी जन्माएको उनले बताए। ‘यो ओलीले जन्माएको पार्टी होइन, मैलै जन्माएको हुँ,’ उनले भने।

उनले नेकपाको एकता ओलीको षडयन्त्रका कारण भंग भएको आरोप लगाए। ओलीले एमालेलाई प्रालिजस्तो बनाएको उनको भनाइ थियो। ओलीले प्रचण्डको काँधमा टेकेर आफूलाई अग्लो देखाउन खोजे पनि असफल भएको टिप्पणी पनि उनले गरे। एमालेमा गफाडी मात्र धेरै रहेकाले सूर्यमा ग्रहण लागिसकेको उनले बताए। 

उनले अबको चुनाव अग्निपरीक्षा भएकाले नेताकार्यकर्तालाई जनताको घरदैलोमा पुग्न र पार्टीको एजेन्डाबारे जानकारी गराउन निर्देशन दिए।

प्रकाशित मिति: १६:३४ बजे, शनिबार, चैत ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्