प्युठानमा बस दुर्घटनामा एक वर्षीया बालिकाको मृत्यु
प्युठान, चैत ५ : प्युठानमा भएको बस दुर्घटनामा एक वर्षीया बालिकाको मृत्यु भएको छ। दुर्घटनामा मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१ की अंशु परियार रहेको...
प्युठान, चैत ५ : प्युठानमा भएको बस दुर्घटनामा एक वर्षीया बालिकाको मृत्यु भएको छ। दुर्घटनामा मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१ की अंशु परियार रहेको प्रहेरीले जनाएको छ।
३० जना यात्रु बोकेर प्युठानको अरङखोला ढिकावनबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना३ख ७१३२ नम्बरको बस बिहान ११ बजे माण्डवी गाउँपालिका–२ मा दुर्घटनामा परेको थियो।
दुर्घटनामा परेर २२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ। बस अनियन्त्रित भएर सडकदेखि ७० मिटर तल खसेको जनाइएको छ।
घाइते सबैको दाङ घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ। तीव्र गतिका कारण बस दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ।
प्रकाशित मिति: १६:२५ बजे, शनिबार, चैत ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












