Kathmandu Press

आगामी निर्वाचन एमालेले ठुलो पराजय बेहोर्नुपर्छ : मन्त्री आले

काठमाडौं, चैत ५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आगामी निर्वाचन एमालेले ठूलो पराजय बेहोर्नुपर्ने बताएका छन्।शनिबार काठमाडौंमा गौरीशंकर च्छोरोल्पा...
आगामी निर्वाचन एमालेले ठुलो पराजय बेहोर्नुपर्छ : मन्त्री आले

काठमाडौं, चैत ५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आगामी निर्वाचन एमालेले ठूलो पराजय बेहोर्नुपर्ने बताएका छन्।

शनिबार काठमाडौंमा गौरीशंकर च्छोरोल्पा मिडियाको दोश्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाले आगामी निर्वाचनमा ६० प्रतिशत जित हासिल गर्ने दाबी गरेको एमालेले ठुलो पराजय बेहाेर्नुपर्ने बताएका हुन्।

उनले एमाले सरकारको पालामा बतासलाई कौडीको भाउमा नारायणहिटी र पशुपति धर्मशाला दिएको भन्दै यसको जवाफ वैशाख ३० गतेको निर्वाचनबाट पाउने धारणा राखे।

त्यस्तै उहाले आफुलाई एकीकृत समाजवादीले निकै ठूलो जिम्मेवारी दिएको भन्दै आफू मन्त्री पदमा रहुन्जेल कसैको शिर निहुरन नदिने गरि काम गर्ने प्रतिबद्धता व्यक्त गरे। 

कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो। 

प्रकाशित मिति: १६:०३ बजे, शनिबार, चैत ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्