Kathmandu Press

हनुमानढोकाको दशैं घरमा राखियो जमरा

काठमाडौं, असोज १२ : आजदेखि नवराज सुरू भएको छ। आज घटस्थापनाका दिन काठमाडौंको हनुमानढोकास्थित दशैँ घरमा जमरा राखिएको छ।

आइतबार बिहान शुभ&ndash....

हनुमानढोकाको दशैं घरमा राखियो जमरा
रासस

काठमाडौं, असोज १२ : आजदेखि नवराज सुरू भएको छ। आज घटस्थापनाका दिन काठमाडौंको हनुमानढोकास्थित दशैँ घरमा जमरा राखिएको छ।

आइतबार बिहान शुभ–साइतमा धार्मिक विधिअनुसार घटस्थापनाको पूजा गरि जमरा राखिएको हो। यससँगै देशभरका शक्तिपीठमा पनि जमरा राखिएको छ।

आज दशैं घरसँगै घर-घरमा पनि धार्मिक विधिपूर्वक जमरा राख्ने गरिन्छ। आज राखेको जमरा दशै‌ंकाे टीकाकाे दिन मान्यजनबाट लगाउने प्रचलन छ।

काठमाडौंको हनुमानढोकास्थित दशैँ घरमा जमरा राख्दा नेपाली सेनाको टुकडीले बढाइँ गरेको थियो।

प्रकाशित मिति: १३:३५ बजे, आइतबार, असोज १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्