Kathmandu Press

त्रिवि उपप्राध्यापक पदको परीक्षा अनिश्चितकालका लागि स्थगित

काठमाडौं, चैत ५ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको चैत ८ गतेदेखि हुने भनिएको उपप्राध्यापक पदको परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ।परीक्षा सुरु...
त्रिवि उपप्राध्यापक पदको परीक्षा अनिश्चितकालका लागि स्थगित

काठमाडौं, चैत ५ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको चैत ८ गतेदेखि हुने भनिएको उपप्राध्यापक पदको परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ।

परीक्षा सुरु हुनुभन्दा चार दिनअगाडि आज (शनिबार) सूचना जारी गरेर आयोगले परीक्षा स्थगित भएको जानकारी गराएको हो।

Hardik ivf

विज्ञापन नं. ७०१/०७७/७८ देखि ८२५/०७७/७८ सम्मको पदमा पदपूर्ति नगर्न भनी सर्वोच्च अदालतबाट अल्पकालीन अन्तरिम आदेश प्राप्त भएको भन्दै अनिश्चितकालका लागि परीक्षा स्थगित गरिएको सूचनामा उल्लेख छ।

अर्को आदेश प्राप्त हुनासाथ परीक्षा तालिका प्रकाशित गरिने सूचनामा उल्लेख छ।

प्रकाशित मिति: १५:४१ बजे, शनिबार, चैत ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्