समृद्ध नेपाल सुखी नेपाली नारा मन नपाउनेले यसलाई बदल्न खोजे : ओली
काठमाडाैं, चैत ५ : एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा सहि विचार लिएर जनतामा जानुपर्ने बताएका छन्।शनिबार काठमाडौंमा मदन भण्डारी फाउन्डेसनको तेस्रो राष्ट्रिय...
काठमाडाैं, चैत ५ : एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा सहि विचार लिएर जनतामा जानुपर्ने बताएका छन्।
शनिबार काठमाडौंमा मदन भण्डारी फाउन्डेसनको तेस्रो राष्ट्रिय सम्मेलनको काठमाडौंमा उद्घाटन गर्दै अध्यक्ष ओलीले मुलुकको समृद्धि र समाजवादका लागि सहि बिचार लिएर जनतामाझ जानुपर्ने बताएका हुन्।
उनले समृद्ध नेपाल, सुखी नेपाली भन्नु नै जनताको बहुदलीय जनवादको रूपान्तरण भएको तर्क गरे। केहीलाई समृद्ध नेपाल, सुखी नेपाली नारा नै मन नपरेको र यसलाई परिवर्तन गर्न खोजेको उनले बताए।
'जनताको बहुदलीय जनवाद भन्नु नै सुखी नेपाली समृद्ध नेपाल हाे, पूर्ण लोकतन्त्र हाे,' उनले भने, 'यो भएर नै देशको विकास सम्भव भएको हाे।'
समृद्ध नेपाल सुखी नेपालीको नारालाई कसैले स्विकार्न नसकेर ‘समुन्नत नेपाल सम्मानित नेपाली’ भनेर बदल्ने प्रयास भएको उनको भनाइ थियो। तर छिनाहम्मर लिएर कुनै वस्तु बनाएजस्तो सजिलो नभएको उनले बताए।
अध्यक्ष ओलीले दरबार हत्याकाण्डमा दीपेन्द्रलाई हत्यारा साबित गर्न अनेक नाटक गरिएको र कसैले त्यसबेला प्रश्नसमेत उठाउन नसकेको भन्दै दरबार हत्याण्ड र मदन-आश्रित हत्याकाण्ड रहस्यमै सीमित हुन पुगेको धारणा पनि राखे।
कार्यक्रममा मदन भण्डारी फाउन्डेसनसँग सहकार्य गर्दै आएका त्रिभुवन विश्वविद्यालयका विभिन्न विभागका प्रतिनिधिहरुलाई सम्मान गरिएको थियो।











